काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया