२ सय ९० जना कोरोना संक्रमित थपिए

२ सय ९० जना कोरोना संक्रमित थपिए


काठमाडौं ६ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनाको नमुना परीक्षण गर्दा २ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नौ हजार तीन सय ८७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ हजार २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार तीन सय ८७ जना पुगेको छ । यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ७७ पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।