काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू डिपीसीको प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । टेलिफोन वार्तामा भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा समेत छलफल भएको र क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया