रास्वपा बैठक जारी, ढाकाकुमार पनि सहभागी

रास्वपा बैठक जारी, ढाकाकुमार पनि सहभागी


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय लिने बताइएको छ ।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो ।

बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले बताए । बैठकमा आरोपित सांसद ढाकाकुमार श्रेष्ठ पनि सहभागी भएका छन् ।