अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध !

अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध !


काठमाडौं, ११ असोज ।  तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा नाउहरुमाथि दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । दाह्री काट्नु र मिलाउनु इस्लामको कानुनले गरेको व्याख्याको उल्लंघन हुने तालिबानले बताएको छ ।  यस नियमको उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइने तालिबान धार्मिक प्रहरीले भनेको छ ।

अफगानिस्तानको राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तो आदेश प्राप्त भएको बताएका छन् ।  यस निर्देशनबाट अफगानिस्तानमा तालिबानको पुरानो कडा शासन फर्किएको सङ्केत गरेको छ । यद्यपि तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो ।

गएको महिना सत्ता हातमा लिएयता तालिबानले विपक्षीविरूद्ध कडा कारबाही गर्दै आएको छ ।  गएको शनिवार तालिबान लडाकुहरूले चार जना सन्दिग्ध अपहरणकारीलाई गोली प्रहार गरेर मारिदिएका थिए र उनीहरूको शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो । दक्षिणी हेलमन्डका सैलुनबाहिर टाँसिएका सूचनामा तालिबान अधिकारीरूले नाउहरूले कपाल र दाह्री काट्दा शरिया कानुन पालना गर्नुपर्ने उल्लेख छ ।