१ सय ८९ जनामा कोरोना पुष्टि, ६० प्रतिशत नागरिकले पाए पहिलो डोज खोप !

१ सय ८९ जनामा कोरोना पुष्टि, ६० प्रतिशत नागरिकले पाए पहिलो डोज खोप !


काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७ हजार ९ सय ९७ जनाको नमूना परीक्षण गर्दा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना निको भएका छन् । थप दुई जनाले कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्षित समूहको ६० प्रतिशत मानिसले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिको जनसंख्या १ करोड ९९ लाख २२ हजार एक सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा अहिलेसम्म ६० दशमलव एक प्रतिशत अर्थात एक करोड १९ लाख ७४ हजार पाँच सय ८८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले भोलिदेखि १२ वर्ष माथिका बालबालिकाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउँदैछ ।