फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित

फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो।

जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना देखिएको हो।

यसैगरी, हाल कोरोना संक्रमितको संख्या ३५८ जना रहेका छन। जसमध्ये आइसोलेसनमा १७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।