कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, २ सय ५२ संक्रमित

कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, २ सय ५२ संक्रमित


काठमाडौं २९ मंसिर । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्युभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर गरी ६ जनाको मृत्यु भएको जनाएको हो । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६५ पुगेको छ ।
यसैगरी बुधबार ९ हजार २ सय १२ जनामा पीसीआर परीक्षण गर्दा २ सय ५२ जनामा संक्रमण देखिएको छ । यस्तै २ हजार ७८२ जनामा एन्टीजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १६ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ८७३ पुगेको छ ।
२४ घण्टामा ३०० जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।