२ सय ६४ जना कोरोना संक्रमित थपिए

२ सय ६४ जना कोरोना संक्रमित थपिए


काठमाडौं, २८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ७ सय ९ जनाको नमूना परीक्षण गर्दा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख सात हजार पाँच सय १६ पुगेको छ ।
मंगलबार नेपालमा दुई जना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ५९ पुगेको छ । अहिले नेपालमा ५ हजार ६ सय ८९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।