अस्ट्रियाका लागि आवासीय राजदूतमा रेग्मी नियुक्त

अस्ट्रियाका लागि आवासीय राजदूतमा रेग्मी नियुक्त


काठमाडौँ ।

अस्ट्रियाका लागि नेपालको आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरिएको छ । उनलाई ग्रिसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारीसमेत तोकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार रेग्मीलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम अस्ट्रियाका लागि नेपालको आवासीय राजदूत श्री भरतकुमार रेग्मीलाई ग्रिसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’