कांग्रेस महाधिवेशनः सभापतिको मतगणना सभागृहमा, अरु पार्टी कार्यालय लगिने

कांग्रेस महाधिवेशनः सभापतिको मतगणना सभागृहमा, अरु पार्टी कार्यालय लगिने


काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनै लागेको छ । निर्वाचन समितिका अनुसार अब केही समय मात्र मतदाताले मतदान गर्न बाँकी छ ।
मतदान सकिएको एक घण्टामा मतगणना सुरु गर्ने तयारी छ । निर्वाचन समितिले सभापतिका उम्मदेवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने जनाएको छ । १० स्थानमा मतगणना गर्ने तयारी छ ।
अरुको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । मतदान सकिएलगतै मतपेटिकाहरुलाई सिलबन्दी गरेर पार्टी कार्यालय लगिने र सभापतिको गणना सकिएपछि मात्र गनिनेछ ।