नेपालीको कम्पनी ‘गोर्खा फ्लोरिङ’ले अष्ट्रेलियाको बजारमा ल्यायो नयाँ उत्पादन !

नेपालीको कम्पनी ‘गोर्खा फ्लोरिङ’ले अष्ट्रेलियाको बजारमा ल्यायो नयाँ उत्पादन !



मेलबर्न, अष्ट्रेलिया ।

नेपालीहरुले अष्ट्रेलियामा सञ्चालनमा ल्याएको कम्पनी गोर्खा फ्लोरिङले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । रियलस्टेटमा काम गरिरहेका व्यवसायीहरुको उपस्थितिमाझ सार्वजनिक गरिएको ‘गोर्खा फ्लोरिङको हाईब्रिड’ उत्पादनमा २५ वर्षको वारेन्टी समेत प्रदान गरिने जानकारी गराइएको थियो ।

काठ र ढुंगाको फ्लोरिगोर्खा फ्लोरिङभन्दा ढुंगा र प्लाष्टिकको मिश्रणबाट बनाइएको यो हाईब्रिड फ्लोरिङ सस्तो पर्ने कम्पनीका निर्देशक रमेश श्रेष्ठले बताए । उक्त अवसरमा श्रेष्ठले आफुले गरेको संघर्ष र पाएको सफलता उपस्थितलाई सुनाएका थिए । कार्पेट क्लीनिङको काम गर्दागर्दै आफ्नै कम्पनी खोलेर अघि बढ्ने प्रेरणा मिलेको उनको भनाई थियो ।

कार्यक्रममा उपस्थित व्यवसायी तथा उनको मित्रहरुले रमेशको सफलताको तारिफ गर्दै मेहनत र लगनशीलताले मिलेको यो सफलता अझै अघि बढोस् भन्ने कामना गरेका थिए । उक्त अवसरमा कम्पनीको उत्पादनको प्रदर्शनी समेत गरिएको थियो । आगोबाट समेत सुरक्षित रहने तथा धुम मिल्ने हाईब्रिड गोर्खा फ्लोरिङ नेपालीहरुले स्थापना गरेको अष्ट्रेलियन ब्रान्ड हो ।

हाल मेलबर्न र पर्थमा आफ्नो बिक्री केन्द्र सञ्चालनमा ल्याएका श्रेष्ठले आगामी दिनमा अन्यत्र पनि विस्तार गर्दै लैजाने बताएका थिए । कार्यक्रममा पर्थदेखि सहभागी हुन आएका व्यवसायी अच्युत खड्काले गुणस्तरीय उत्पादन भएका कारण आफुले एक महिनामै २० हजार डलरको व्यापार गर्न सकेको र यसको सफलताबाट उत्साही बनेको बताए ।