वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने !

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने !


काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।
सभापति पदका आकांक्षी पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए । आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।