Logo

कर्णालीमा एमबीबीएसको पढाइ सुरु !



काठमाडौं, २६ मंसिर । कर्णालीको जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णालीले स्वास्थ्य क्षेत्रको समृद्धि सुरु गरेको बताउनुभयो ।
उहाँले जुम्लामा एमबीबीएस सुरु हुनु भनेको देशकै खुसीको दिन भएको र कर्णालीको गौरवपूर्ण इतिहाससँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो ।
राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर विकासले पछि पारेको कर्णालीलाई अवसर दिएमा, यहाँका सम्पदाको संरक्षण र विकास भएमा राज्यकै समृद्धि हुनेमा दुई मत नरहेको बताउनुभयो ।