नेपाली कांग्रेसका ४ हजार ७ सय ४३ जनाको मतदाता नामावली सार्वजनिक

नेपाली कांग्रेसका ४ हजार ७ सय ४३ जनाको मतदाता नामावली सार्वजनिक


काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मतदाता नामावली पार्टीको वेबसाइटमा प्रकाशित भएको छ । निर्वाचन समितिको कार्यतालिका अनुरुप शुक्रबार बिहान मतदाता नामावली प्रकाशन गर्ने भनिए पनि ढिलाइ भयो । समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ७ सय ४३ जनाको मतदाता नामावली प्रकाशन भएको छ ।
भोलि शनिबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम सुरु हुँदैछ ।