नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि, महाधिवेशनको तयारीबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि, महाधिवेशनको तयारीबारे छलफल हुने


काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभएको छ । बैठकमा महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल हुने भएको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।