शशांकले रामचन्द्र पौडेललाई सभापतिमा सहयोग गर्ने !

शशांकले रामचन्द्र पौडेललाई सभापतिमा सहयोग गर्ने !


काठमाडौं, २१ मंसिर । कांग्रेस महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गर्नुभएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकमा महामन्त्री कोइरालाले पौडेललाई साझा उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको हो ।
उहाँले आफ्नो नाम सर्वसम्मति भएको अवस्थामा बाहेक कुनै दाबी नभएको बताउनुभयो । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडे । रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नुभयो,’ कोइरालाले भन्नुभयो । उहाँले शेखर र प्रकाशमान मिलेको अवस्थामा रामचन्द्रले शेखर वा प्रकाशमानको लागि समेत छोड्न सक्ने बताउनुभयो । ‘साझा उम्मेदवारीको विकल्प छैन ।’ कि सघाउ कि आफ्नै नाममा सहमति जुटाउ’ भन्ने अवस्थामा नेताहरू पुग्नुभएको छ, भोलि फेरि छलफल हुन्छ,’ एक केन्द्रीय सदस्यले भने ।