मार्च २६ तारिख न्याभ कप क्रिकेट एवार्ड सेरेमोनी, पारस खड्का अतिथि !

मार्च २६ तारिख न्याभ कप क्रिकेट एवार्ड सेरेमोनी, पारस खड्का अतिथि !


मेलबर्न, अष्ट्रेलिया ।

विगत करिब दुई महिनादेखि सञ्चालित न्याभ क्रिकेट प्रतियोगिताको समापन र एवार्ड समारोह आगामी मार्च २६ तारिख आईतबार हुने भएको छ । उक्त एवार्ड समारोहमा सहभागी हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वक्याप्टेन पारस खड्का नेपालबाट आउने भएका हुन् । क्याप्टेन खड्का न्याभ कप क्रिकेटको फाईनलमा पनि सहभागी हुने कार्यक्रम छ ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले दिएको जानकारी अनुसार ६० डलर प्रवेश शुल्क तोकिएको यो एवार्ड नाईटमा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् । ईपिंगको हेरिटेज रिसेप्सन भेन्यूमा गर्न लागिएको एवार्ड नाईटलाई न्याभको २६ औं वार्षिकोत्सवका रुपमा समेत मनाइनेछ । यस कार्यक्रमबाट संकलित रकमलाई खर्च कटाएर बाँकी बाल चौतारीलाई सहयोग गर्ने योजना छ । बाल चौतारी न्याभले सञ्चालन गरेको भाषा विद्यालय हो ।

न्याभले च्यारिटी कपको आयोजना गरी भाषा विद्यालयका लागि सहयोग संकलन पनि गरिरहेको छ । जसमा अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने विभिन्न समूदायका सदस्यहरु क्रिकेट खेलमा सहभागी भएका छन् ।