प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

प्रस्तावित तीन राजदूतको नाम अनुमोदन


काठमाडौं, २० मंसिर । संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले भारतका लागि प्रस्तावित डा. शंकर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीको नाम सर्वसम्मत अनुमोदन गरेको हो । समितिका सदस्यहरुले उहाँहरुसँग आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनै जना राजदूतको नाम समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको जानकारी दिनुभयो । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतका बीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताउनुभयो ।