काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एअरलाइन्सको इन्जिनमा आगलागी

काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एअरलाइन्सको इन्जिनमा आगलागी


काठमाडौँ ।

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिए पछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराईएको हो ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागी पछि त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ ।

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।