शेयर परिसूचक नेप्से ७२ अंकले घट्यो, ४ अर्ब ९ करोडको कारोबार

शेयर परिसूचक नेप्से ७२ अंकले घट्यो, ४ अर्ब ९ करोडको कारोबार


काठमाडौं, १९ मंसिर । सातोको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज ७२ दशमलव ३० अंकले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
२ सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज दुई सय २६ कम्पनीमध्ये दुई सय १४ वटा कम्पनीको शेयर घटेको छ । आईसीएफसी फाइनान्स र सबैको लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।