राप्रपाको मतदान मध्यरातसम्म जारी, परिणाम बिहान मात्र आउने

राप्रपाको मतदान मध्यरातसम्म जारी, परिणाम बिहान मात्र आउने


काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ । मतदात राति अबेर मात्र सकिने सम्भावना रहेको छ । योसँगै मतगणनाको परिणाम आउन समय लाग्ने भएको छ । आइतबार बिहान मात्र परिणाम आउन सक्ने बताइएको छ ।
राप्रपामा नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुका लागि मतदान भइरहेको हो । शनिबार ढिला गरी सुरु भएका कारण मतदान सकिन ढिलाइ भएको हो ।
महाधिवेशनमा ४ हजार ३ सय ८० जना प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्दै हुनुहुन्छ । मतदानमा ६८ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । राप्रपाको अध्यक्षा पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार हुनुहुन्छ भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १४१ पदका लागि २७० जना उम्मेदवार हुनुहुन्छ ।