पूर्वमाओवादी घटकहरू वालुवाटारमा भेला

पूर्वमाओवादी घटकहरू वालुवाटारमा भेला


काठमाडौँ । माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित छन ।

संक्रमणकालिन न्यायको सबालमा परिस्थीति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो ।

प्रधानमन्त्री तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डविरुद्ध केही दिन अगाडि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। उक्त निवेदनमा प्रचण्डलाई पक्राउ गरी फौजदारी मुद्दामा अनुसन्धान हुनुपर्ने मागदाबी गरिएको छ।