राप्रपामा कमल थापा र राजेन्द्र लिङ्देलको छुट्टाछुट्टै प्यानल, ८ पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी

राप्रपामा कमल थापा र राजेन्द्र लिङ्देलको छुट्टाछुट्टै प्यानल, ८ पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी


काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै प्यानलसहितको उम्मेदवारी दर्ता गराएका छन् ।
एक महिलासहित ४ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । जस अन्तर्गत जगत प्रसाद गौचन, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुव बहादुर प्रधान, वुद्धिमान तामाङ र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
यस्तै एक महिलासहित तीन महामन्त्री पदका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्याम प्रसाद तिमल्सिना, भुवन कुमार पाठक, भास्कर भद्रा र कुन्ती कुमारी शाही गरी ६ जनाको उम्मेदवारी परेको छ । यसरी राप्रपामा ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
यस्तै १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने छ ।