Logo

आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य



काठमाडौं, १७ मंसिर । नेपालमा आठ महिनापछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने संख्या शून्य रहेको थियो । मन्त्रालयका अनुसार मंसिर १ गते एक जना, २ गते छ जना, ३ गते पाँच जना, ४ गते एक जना, ५ गते एक जना, ६ गते चार जना, ७ गते पाँच जना, ८ गते पाँच जना, ९ गते तीन जना र १० गते दुई जनाको संक्रमणको कारण मृत्यु भएको थियो । त्यसैगरी ११ गते तीन जना, १२ गते दुई जना, १३ गते एक जना, १४ गते दुई जना, १५ गते तीन र १६ गते छ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयले कोरोनासम्बन्धि सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठ ४ गते सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो । यस दिन २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाउनुपरेको थियो ।
मन्त्रालयका अनुसार शुक्रबार २२३ जना सङ्क्रमित थपिएका छन् भने ३४७ जना सङ्क्रमित निको भएर घर फर्किका छन् । शुक्रबारसम्म देशभरमा छ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म आठ लाख २२ हजार १७२ जना कोारेनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये आठ लाख तीन हजार ७१६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेका छन् । त्यस्तै ११ हजार ५३५ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्यु दर १.४ प्रतिशत रहेको छ ।