कामठाडौँ ।
ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजेतिर ना.१ ज ८४८३ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
१३ जना सवार बोलेरो दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरबाट उद्धार भइरहेको छ ।
दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।

प्रतिक्रिया