मिटर ब्याजमा फसेपछि भक्तपुरका एक युवाले गरे आत्महत्या

मिटर ब्याजमा फसेपछि भक्तपुरका एक युवाले गरे आत्महत्या


काठमाडौँ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।

लामो समय देखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो । 

एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर ब्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुर्याएको आफन्तजनले बताएका छन् ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटर ब्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।