शर्मिला वाइबाद्वारा विष पिएर आत्माहत्याको प्रयास, अवस्था चिन्ताजनक

शर्मिला वाइबाद्वारा विष पिएर आत्माहत्याको प्रयास, अवस्था चिन्ताजनक


कामठाडौँ ।

शर्मिला वाइबाले विष पिएर आत्माहत्याको प्रयास गरेकी छन्। बुधबार राति उनले महाराजगन्जस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी बतएको छ।

विष पिएपछि अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरी जानकारी दिएको छ। उनले विष पिउनुको कारण भने खुलेको छैन् ।

शर्मिला वाइबा वीर अस्पतालमा

उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। आफुलाई सामाजिक अभियन्ता बताउँने वाइबाले केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर युट्युबमा अन्र्तवार्ता दिएर विवादमा आएकी थिइन्। उनी विभिन्न विषयमा फरक टिप्पणी गरेर विवादमा आउने गरेकी छन् ।