आईसीसी विवादमा मुछिएपछि एनआरएन अष्ट्रेलियाको स्पष्टीकरण

आईसीसी विवादमा मुछिएपछि एनआरएन अष्ट्रेलियाको स्पष्टीकरण



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् यतिबेला विवादको घेरामा छ । कार्यसमिति र संरक्षक परिषद्बीच कसले निर्वाचन गराउने भन्ने विवाद नयाँ मोडमा पुगेको छ । परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउने जिम्मासहितको पत्र सार्वजनिक गरेपछि अदालतले हाललाई त्यस्तो गतिविधि नगर्न भनेपछि कार्यसमिति निर्वाचन गराउने तयारीमा छ यसको लागि आगामी केही दिनमा प्रक्रिया सुरु हुँदैछ । तर, अर्कोतिर विभिन्न राष्ट्रमा रहेका एनआरएनका शाखाहरुले भने छुट्टै दोश्रो भेला गर्दैछन् ।

यसैबीच, एनआरएन अष्ट्रेलियाले सुरुदेखि नै वर्तमान कार्यसमितिलाई असहयोग गरेको र अन्तर्राष्ट्रिय भेला आयोजनामा महत्वपूर्ण भूमिका खेलेको मात्र होइन आईसीसीको अधिवेशनलाई नै प्रभावित गर्नेगरी कार्य गरिरहेको आरोप लागेपछि यसका नयाँ सभापति नन्द गुरुंगले एक प्रष्टिकरण सार्वजनिक गरेका छन् । बुधबार सार्वज्निक गरिएको स्पष्टीकरणमा आफुहरुले सदस्यबाट आईसीसी लेबी उठाएपनि अधिवेशनको नजिक आइसक्दा नबुझाएको स्वीकार गरिएको छ । लेबी नबुझाएसम्म अधिवेशन प्रतिनिधिहरु स्वीकृत हुँदैनन् ।

यस्तो स्वीकृति नहुँदासम्म अधिवेशनमा मतदान गर्ने अवसरबाट उनीहरु बञ्चित हुनसक्ने सम्भावना औंल्याउँदै विभिन्न माध्यममा वर्तमान नेतृत्वमाथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, हाम्रो नियत आईसीसीको लेबी रोक्ने होइन । तर, अहिले जुन विवाद केन्द्रमा देखिएको छ यसको निराकरण छिटोभन्दा छिटो होस् भन्ने हामी चाहन्छौं । विवाद सकिने बित्तिकै हामी आफ्नो कर्तव्य निर्वाह गर्न पछि पर्ने छैनौं ।

एनआरएनका अभियन्ताहरुले करिब १५ हजार सदस्यबाट उठाइएको लेबी तत्कालै पठाउनुपर्नेमा त्यसो नगरिएको भन्दै आलोचना गरेका छन् । अधिवेशनको मिति यसअघि नै तोकिसकिएको थियो । तर, अहिले दोश्रो पटक तोकिएको मितिलाई समेत गुजार्ने नियत यसमा लुकेको हो कि भन्ने आशंका छ । होइन, भने आफ्नो सदस्यहरुको हितलाई सर्वोपरी मानेर उनीहरुको लागि छिटोभन्दा छिटो पठाउनैपर्ने लेबी आईसीसीमा बुझाउनुपर्ने थियो ।

यस्तो छ एनआरएन अष्ट्रेलियाको स्पष्टीकरण