साउथ अष्ट्रेलियामा कोभिड संक्रमण शून्यमा, भिक्टोरियामा सबैभन्दा बढी १ हजार ६१

साउथ अष्ट्रेलियामा कोभिड संक्रमण शून्यमा, भिक्टोरियामा सबैभन्दा बढी १ हजार ६१



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा गएको २४ घण्टामा कोभिड १९ का १२ सय ५६ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसमध्ये एकजना दक्षिण अफ्रिकाबाट आएका यात्री समेत भएका कारण यतिबेला न्यूसाउथवेल्समा सतर्कता अपनाइएको छ । कूल १२ सय ५६ जना नयाँ संक्रमित फेला पर्दा भिक्टोरियामा मात्रै एक हजार ६१ जना नयाँ संक्रमित छन् ।

भिक्टोरियामा गएको २४ घण्टामा कोरोना संक्रमणकै कारण ४ जनाले ज्यान समेत गुमाएका छन् । न्यूसाउथवेल्समा १ सय ८५ जना नयाँ संक्रमित भेटिएका छन् भने अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ७ नयाँ संक्रमित फेला परे उता क्वीन्सल्याण्डमा भने तीन जना नयाँ संक्रमित थपिएका छन् । यसैबीच, साउथ अष्ट्रेलियाले गएको २४ घण्टामा कुनै नयाँ संक्रमित नथपेर नयाँ उत्साह थपिदिएको छ ।

यहाँका कूल १६ वर्षमाथि उमेर समूहका ८० दशमलब २ प्रतिशत जनसंख्याले दुबै डोज खोप लगाइसकेका छन् । भिक्टोरियामा यो संख्या १२ वर्षउमेरमाथिको ९० दशमलब ७ प्रतिशत छ भने न्यूसाउथवेल्समा १६ वर्षमाथिको ९२ दशमलब ४ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । क्यानबेरामा १२ वर्षमाथिका ९७ दशमलब ६ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

क्वीन्सल्याण्डमा १६ वर्षमाथिको कूल जनसंख्याको ७५ दशमलब ७ प्रतिशतले खोप लगाएका छन् भने साउथ अष्ट्रेलियामा १६ वर्षमाथिको जनसंख्याको ८० दशमलब २ प्रतिशतले कोरोना विरुद्धको दुबै डोज खोप लगाएको तथ्यांक सार्वजनिक भएको छ ।