एमाले अध्यक्ष ओलीले सहमतिको सूची सार्वजनिक गर्ने, असन्तुष्टलाई निर्वाचन लड्न खुला

एमाले अध्यक्ष ओलीले सहमतिको सूची सार्वजनिक गर्ने, असन्तुष्टलाई निर्वाचन लड्न खुला


काठमाडौं, ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्र टुंगिएको छ । आइतबार बिहान नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको हो । बन्दसत्रले केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।
बन्दसत्रले ओलीलाई सर्वसम्मतिमा नेतृत्व चयनको प्रस्ताव ल्याउन अनुमति दिएपछि आइतबार नामावली तयार पारेर सार्वजनिक गर्ने तयारी छ । ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली तयार पार्ने र सार्वजनिक गर्ने छन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइने बताएका छन् ।
यद्यपि असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने भएको छ । नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहँदा उनलाई चित्त नबुझेमा चुनावमा उठ्न दिइने भएको हो ।