प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक

प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक


काठमाडौँ ।

नयाँंबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग गरेको छलफलमा मनोचिकित्सक डा दुर्गा थापाले यदी समयमै त्यसको उपचार गरेको भए, त्यो अवस्था नआउने बताइन् ।त्यसकारण मानसिक रोगलाई बेवास्ता गर्न मिल्दैन, उनले भनिन्, ‘मानसिक रोग उपचार गरे निको हुन्छ ।’

शारीरिक रोग जस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्ने उनले बताइन् । ‘औषधिको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ,’ उनले भनिन्, ‘मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।’