माओवादी केन्द्रको पालिकाको सम्मेलन आज, अध्यक्ष प्रचण्डले भर्चुअल सम्बोधन गर्ने

माओवादी केन्द्रको पालिकाको सम्मेलन आज, अध्यक्ष प्रचण्डले भर्चुअल सम्बोधन गर्ने


काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र)ले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहालले भर्चुचल सम्बोधन गर्नुहुने भएको छ । दिउँसो १ बजे सबै पालिका सम्मेलनलाई एकै पटक सम्बोधन गर्ने तयारी छ ।
सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने छ ।