सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी


काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठक अर्थात् फुलकोर्ट बैठकले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको हो ।
यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरूले गोलाप्रथा प्रक्रिया लागु गर्न फुलकोर्ट डाक्न मुख्य रजिष्ट्रारलाई सन्देश पठाएका थिए । अघिल्लो हप्ता फुलकोर्टले नै प्रधानन्यायाधीशले पेसी तोक्ने अधिकार कटौती गरी गोलाप्रथा लागु गर्ने गरी सर्वोच्च अदालत नियमावली पास गरेको थियो । नियमावलीमा गोलाप्रथा लागु गर्ने मिति पनि फुलकोर्टले नै तय गर्नुपर्ने उल्लेख थियो ।
गोलाप्रथाले पेसी तोकेपछि इजलास फर्किए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासँग भने न्यायाधीशहरुले इजलास सेयर गर्छन् या गर्दैनन् भन्ने स्पष्ट भएको छैन । गोलाप्रथाबाट पेसी तोकेपछि प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसिन्छ ।