गोला प्रक्रियाबाट इजलास गठन गर्न बिहीबार सर्वोच्चको फुलकोर्ट बस्ने

गोला प्रक्रियाबाट इजलास गठन गर्न बिहीबार सर्वोच्चको फुलकोर्ट बस्ने


काठमाडौं, ८ मंसिर । सर्वोच्च अदालतका १८ जना न्यायाधीशले गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्न बिहीबार फुलकोर्ट बोलाउने निर्णय गरेका छन् । बुधबार छलफल गरेका उनीहरुले गोला प्रक्रियाद्वारा इजलास गठन गर्नका बिहीबार फूलकोर्ट बोलाउने निर्णय गरेका हुन् । त्यसका लागि प्रशासनिक र प्राविधिक तयारी पूरा भएको बताइएको छ ।
मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि समन्वय गर्नुहुने छ । सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिष्ट्रारले फुलकोर्ट बोलाउनुपर्नेमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् । न्यायाधीशहरुले फुलकोर्ट बस्नुअघि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षहरु चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्ने बताइएको छ ।