३ सय ३२ जनामा कोरोना संक्रमण, २ सय ३२ जना संक्रमणमुक्त

३ सय ३२ जनामा कोरोना संक्रमण, २ सय ३२ जना संक्रमणमुक्त


काठमाडौं, ८ मंसिर । मुलुकमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोरोना संक्रमित थप भएका छन् । ९ हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख २० हजार ४ जना र एन्टिजेन विधिबाट ९५ हजार ३ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या आठ लाख एक हजार एक सय २२ जना पुगेको छ । यही अवधिमा थप चार जनासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्र्रमणका कारण ११ हजार ५ सय १३ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सात हजार तीन सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।