अभिनेत्री सन्नी लियोनीले कमाईको १० प्रतिशत टर्की र सिरियाका भूकम्प पीडितलाई दिने

अभिनेत्री सन्नी लियोनीले कमाईको १० प्रतिशत टर्की र सिरियाका भूकम्प पीडितलाई दिने


मुम्बई ।

बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने बताएकी छन् । अभिनेत्री लियोनी र उनका श्रीमान् डेनियल वेबरले टर्की र सिरियाका पीडितहरूको कमाईको १० प्रतिशत रकम दिने घोषणा गरेका हुन् ।

यो दम्पतीले आफ्नो कस्मेटिक ब्रान्डको फेब्रुअरी महिनाको कमाईको १० प्रतिशत सिरिया र टर्कीका भूकम्प प्रभावितहरूको राहतमा सहयोग गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

लियोनले सबैले सहयोगको हात बढाउनु आवश्यक भएको भन्दै उनले अन्य मानिसहरूलाई पनि भूकम्प पीडितहरूका लागि सहयोग र उनीहरूको जीवन पुनर्निर्माणका लागि मद्दत गर्न आग्रह गरेकी छन् ।

गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पको साथै ७.५ म्याग्निच्युडको परकम्पले ठूलो जनधनको क्षति भएको छ। टर्कीमा अहिले करिब ३ लाख ४५ हजार घरहरू ध्वस्त भएका छन्। धेरै मानिस अझै बेपत्ता छन् । टर्कीमा मृत्यु हुनेको संख्या ४० हजार ६ सय ४२ पुगेको छ भने सिरियामा ५ हजार ८ सय भन्दा बढीको मृत्यु भएको समाचारमा उल्लेख छ ।