एमालेको राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेको राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन


काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेकोे छ । अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने भनिएकोमा एक सय तीन जना मनोनयन गर्ने छलफल भएको पार्टीको प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो । एक हजार आठ सय ८९ जना निर्वाचित प्रतिनिधि, पदेन प्रतिनिधि दुई सय ३८ रहेको उहाँले बताउनुभयो । यसबाहेक महोत्तरी, रौतहट लगायत प्रदेश नम्बर दुईबाट ६७ जना प्रतिनिधि चयन हुने उहाँले जानकारी दिनुभयो ।