नेप्लीज विजनेस एसोसिएसन अफ तास्मानियाको प्रथम साधरण सभा सम्पन्न

नेप्लीज विजनेस एसोसिएसन अफ तास्मानियाको प्रथम साधरण सभा सम्पन्न


होबार्ट, तास्मानिया ।

नेप्लीज विजनेस एसोसिएसन अफ तास्मानियाको पहिलो साधरण सभा सम्पन्न भएको छ । तास्मानियमा रहेका नेपाली व्यवसायीहरुलाई एउटै संस्थामा समेटेर उनीहरुको सहकार्य, सीप, क्षमता र राज्यस्तरबाट प्राप्त हुन सक्ने स्रोतसाधन साथै जानकारीहरुमा पहुच बढाउने उद्देश्यका साथ दुई वर्ष अघि संस्थाको स्थापना भएको थियो ।

यसवीचमा कोरोना महामारीको समयमा समस्यामा परेका विद्यार्थी लगायत अन्यहरुलाई राहत वितरण गर्नुका साथै अष्ट्रेलियन कर कार्यालय (एटीओ) विजनेस तासमानिया लगायतका विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि यहाँका व्यवसायीहरुको क्षमता अभिवृद्द गर्न कार्यशाला गोष्ठी लगायतका कार्यक्रम संस्थाले सम्पन्न गरेको जनाएको छ ।

तास्मानियाको नेपाली व्यवसायीहरुवीच सहयोग र सदभावको भावना विकास गर्दै नेपाली व्यवसायीहरुको अभिबृद्धिका लागि थप योजना ल्याउने संस्थाले जनाएको छ । पहिलो साधरण सभाले रेवन्त वस्नेत को नेतृत्वमा सात सदसीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रविन खरेल, सचिवमा उमेश सुन्चेउरी, सहसचिवमा सरोज खनाल, कोषाध्यक्षमा अरुण आचार्य, कार्यसमिति सदस्यहरुमा रोसन मैनाली र कुसुम सर्मा चयन भएका छन । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी निवार्चन आयुक्त सन्देश परियारले जानकारी दिए ।

संस्थामा तास्मानियको होवार्ट साथै लन्चेष्टनबाट समेत गरि ३५ भन्दा वढि व्यवसायीहरु आवद्ध रहेका छन् ।