गोला प्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित

गोला प्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित


काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतमा गोला प्रणाली लागू गर्ने नियमावली राजपत्रमा प्रकाशित भएको छ । गतसाता सर्वोच्च अदालतको फुलकोर्ट नियमावली संसोधन गरी कानुन मन्त्रालयमा नियमावली पठाएको थियो । सोही नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा प्रकाशित भएको उक्त नियमावली अब फुलकोर्टको निर्णयबाट लागू हुने छ । गोलाप्रथा लागु गर्न अब सर्वोच्च प्रशासन र प्राविधिक पक्षले तयारी गर्ने छ ।
यो नियमावली लागू भएसँगै सर्वोच्च अदालतको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ । सर्वोच्च अदालतको पेशी व्यवस्थापनमात्र होइन त्यहाँ आएका समस्या पनि आजसम्म प्रधानन्यायाधीशले गर्दै आएका थिए । अब भने पेशीमा आएका समस्याहरूको समाधान गर्ने एउटा निर्देशन समिति बन्ने नियमावलीमा उल्लेख छ । प्रधानन्यायाधीशको अध्यक्षतामा बनेको उक्त समितिले पनि समाधान गर्ने नसके उसले फूर्लकोर्टमा पेश गर्ने छ ।