काठमाडौँ ।
अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग विवाह गर्ने भएकी छन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरुबीच आगामी फागुन २५ गते चितवनमा बिवाह हुने भएको हो।
चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी रहेको बताइएको छ । सुरक्षाले फिल्म ‘अझै पनि’र मानवले फिल्म ‘अन्तराल’बाट अभिनयमा डेब्यू गरेका हुन ।
मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
प्रतिक्रिया