२ सय ३८ जनामा कोरोना संक्रमण, ३७० जना निको

२ सय ३८ जनामा कोरोना संक्रमण, ३७० जना निको


काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३ सय ७० जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ३ सय ३३ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ जना रहेका छन् । जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २ सय २७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।