‘ए’ डिभिजन लिग : थ्रीस्टारले च्यासललाई हरायो, हिमालयन शेर्पा र संकटा बराबरीमा रोकिए

‘ए’ डिभिजन लिग : थ्रीस्टारले च्यासललाई हरायो, हिमालयन शेर्पा र संकटा बराबरीमा रोकिए


काठमाडौं, ४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारलाई जिताउन निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गरे । च्यासलका लागि विकास मेराग्लियाले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै थ्री स्टारले तीन अंक जोडेको छ ।
यसैगरी आजै भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गर्दै अंक बाँडेका हुन् । ६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।