२ सय ४२ संक्रमित थपिए, एकै दिन १ लाखभन्दा बढीले लगाए खोप

२ सय ४२ संक्रमित थपिए, एकै दिन १ लाखभन्दा बढीले लगाए खोप


काठमाडौं, ४ मंसिर । नेपालमा शनिबार थप २ सय ४२ जना कोरोना संक्रमित थप भएका छ । ७ हजार १ सय ३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यही अवधिमा थप ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमित मध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत छ । हाल देशभर ७ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको भएको छ । हालसम्म कूल ११ हजार ४ सय ९५ जना संक्रमितको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १ दशमलव ४ प्रतिशत रहेको छ । यता, पछिल्लो २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता अहिलेसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना छन् ।