काठमाडौँ ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको चुनौती दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो ।
नामिबियाले दिएको चुनौती नेपालले पछ्याउन थालेको छ । यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरको समाप्तिमा एक विकेट गुमाएर ३ रन जोडेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।
नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।
प्रतिक्रिया