एमालेको महाधिवेशनमा प्रवासबाट ३० जना प्रतिनिधि सर्वसम्मत, सूचिसहित

एमालेको महाधिवेशनमा प्रवासबाट ३० जना प्रतिनिधि सर्वसम्मत, सूचिसहित



काठमाडौं । नेकपा एमालेको आगामी मंसिर १२ गतेबाट सुरु हुने महाधिवेशनमा विश्वभरका प्रवासी मञ्चहरुले ३० जना प्रतिनिधि सर्वसम्मत चयन गरेका छन् । केही समय अघि गठन गरिएको प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिको पहलमा गरिएको प्रतिनिधि चयन अघि अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको भिडियो सन्देशमा सकेसम्म सर्वसम्मत प्रतिनिधि छान्न दिनुभएको निर्देशनलाई पालना गर्दै आफुहरुले ३० जना प्रतिनिधि छानेको अन्तर्राष्ट्रिय समितिका सचिव रमेश पाण्डेले केविसीखबरलाई जानकारी दिए ।

पाण्डेले अध्यक्षको निर्देशन अनुसार नै आफुहरुले सर्वसम्मत प्रतिनिधि चयन गरेको र आगामी अधिवेशनबाट प्रतिनिधिहरुले सर्वसम्मत अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई चयन गर्ने आशा आफुले राखेको बताए । अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङले प्रवासमा रहेका नेपालीहरुको सामूहिक आवाज ३० जना प्रतिनिधिले अधिवेशन हलमा राख्ने बताए ।

उनले नेपालीको सुख दुखको सारथी नेकपा एमाले भएकोमा कुनै दुईमत नरहेको भन्दै अबको नेतृत्वले आगामी दिशा तय गर्ने भएकाले यो महत्वपूर्ण महाधिवेशन रहेको आफुलाई लागेको बताए ।


विभिन्न देशबाट छानिएका प्रतिनिधिहरुको सूचि यस्तो छ


अन्तराष्ट्रिय कमिटीबाट:

१. भक्त गुरुङ (युके)

२. रमेश पाण्डे (अष्ट्रेलिया)

३. प्रभु थापा (अमेरिका)

४. डा. बिमला भण्डारी (रसिया)

५. कुन्ति थापा (अमेरिका)

युरोप महादेशबाट :

१.भक्त बहादुर वाग्ले (फ्रान्स)

२.गोविन्द पौडेल (पोर्चुगल)

३.मुक्त गुरुङ (स्पेन)

४.कल्पना त्रिपाठी (युके)

५.सरस्वती चापागाई (बेल्जियम)

अमेरिकाज क्षेत्र :

१. यमुना भट्टराई (महिला), अमेरिका

२. यमुना घिमिरे (महिला), अमेरिका

३. कूष्ण प्रसाद लामिछाने अमेरिका

४. रामहरी खड्का , (क्यानडा)

५. बेनी माधब कंडेल (गोपाल), अमेरिका

ओशिनिया महादेशबाट:

१. डा विनोद श्रेष्ठ,(अष्ट्रेलिया)

२. राम घिमिरे, (अष्ट्रेलिया)

३. केशव जोशी, (अष्ट्रेलिया)

४. सीता केसी थापा, (अष्ट्रेलिया)

५. भावना नेपाल, (न्युजिल्यान्ड)

पुर्वि एसिया :

१. भक्त गुरुङ (हंगकंग)

२. श्रीजना नेपाली, महिला (द. कोरिया)

३. मोहन सिं रायमाझी, (जापान)

४. हरि चन्द्र पौडेल, (जापान)

५. सुमित्रा रायमाझी (बस्न्यात), (जापान)

खाडी क्षेत्र ( मध्य पूर्व):‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. कमलमणी गुरागाइ, (कतार)

२. शालिकराम पन्त, (बहराईन)

३. महेश गिरि, (यूएई)

४. ज्योति शर्मा, (महिला) इजराइल

५. रेणु कार्की(महिला) कतार