खोप लगाउनेको संख्या ९० लाख नाघ्यो

खोप लगाउनेको संख्या ९० लाख नाघ्यो


काठमाडौं, ३ मंसिर । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको लगाउनेको संख्या ९० लाख नाघेको छ । शुक्रबार १ लाख ७३ हजार ४ सय ९८ जनाले खोप लगाएपछि कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ९० लाख नाघेको हो । हालसम्म नेपालमा ९० लाख ८१ हजार ६ सय ५४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छ । उनीहरुमध्ये ७८ लाख १ हजार ५ सय ६ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८ हजार ९ सय ७२ जनाको नमूना परीक्षण गर्दा ३ दशमलव २९ प्रतिशत अर्थात् २ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६९ जना निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार पाँच सय ४५ पुगेको छ । यही अवधिमा पाँच जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या११ हजार चार सय ९४ जना पुगेको छ । अहिले देशभर गरेर ७ हजार ५ सय ३९ जना सक्रिय संक्रमित रहेकोमा २ सय ३१ जनाको आईसीयू र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।