ए डिभिजन लिग : नवप्रवेशी सातदोबाटोसँग फ्रेन्ड्स बराबरीमा रोकियो

ए डिभिजन लिग : नवप्रवेशी सातदोबाटोसँग फ्रेन्ड्स बराबरीमा रोकियो


काठमाडौं, ३ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । योसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदोबाटोले फाइदा उठाउन सकेन । लिगमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लब दिउँसो १ बजे खेल्नेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री–स्टार क्लब बेलुकी पौने ५ बजे खेल्नेछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।