रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते


काठमाडौं, २ मंसिर । रोल्पाको माडी गाउँपालिका–२ मा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छ । दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन ।
दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजेसडकबाट माडी खोलामा खसेर दुर्घटना भएको हो ।