काठमाडौँ ।
आकाशमा छरिएर रहेका ग्रहहरुका परिवर्तनसँगै यसले पार्ने प्रभाव क्रमशः सामाजिक, आर्थिक, राजनैतिक र पारिवारिक रुपमा कर्मअनुसार फरक–फरक ढङ्गबाट सकारात्मक र नकारात्मक प्रभाव परिरहेको हुन्छ।
ज्योतिषीय गणनाअनुसार शनि ग्रहले धनु राशिदेखि मीन राशिसम्म गोचर गर्ने समयमा विश्वले ठूलै आर्थिक मन्दीको सामना गर्नुपरेको खगोलीय अनुसन्धानबाट पत्ता लागेको छ । शनि ग्रहलाई धनु राशिबाट मीन राशिसम्मको गोचर भ्रमण पूरा गर्न करिब १० वर्षको समय लाग्नेछ।
अहिले नेपाल लगायत विश्वले नै शताब्दीकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नु परिरहेको छ । २०१७ फेब्रुअरी १६ अर्थात् २०७३ फागुन ५ गतेदेखि शनि ग्रहले धनु राशिको गोचर प्रारम्भ गरेको पञ्चाङ्गमा उल्लेख गरिएको छ । शनिले मीन राशिको गोचर पूरा गर्न अझै २०८३ को अन्त्य सम्म कुर्नु पर्नेछ ।
ज्योतिषीय गणनाअनुसार २०७३ देखि २०८३ सम्म नेपालमा आर्थिक मन्दीको समय रहने योग निर्माण भएको छ । यस्तो अवस्थामा सरकारले नोटबन्दीको निर्णयसमेत गर्नसक्ने ग्रहयोगले देखाएको छ । यसको प्रभाव राजनीतिमा पनि अधिक रुपमा देखिने छ । वैदेशिक व्यापार घाट पनि यथावत् रहिरहनेछ ।
यसअघि सन् १९२९–१९३९ बीचको एक दशक विश्वमा ठूलो आर्थिक मन्दी छाएको थियो, त्यसलाई महामन्दी (द ग्रेट डिप्रेसन) भनियो । सन् १९२९ अक्टोबर २९ मा अमेरिकी सेयर बजार गिरावटबाट भएसंगै महामन्दीको अनुभूति गरिएको थियो । यसले विश्वका अधिकांश देशको अर्थतन्त्रलाई नराम्रो असर पारेको थियो । यो समयमा पनि पनि शनिको गोचर धनुराशिमा नै थियो भने अन्त्य हुनेबेला शनि मीन राशिमा रहेको ज्योतिषीय गणनाबाट पत्ता लागेको छ।
यसका आधारमा हेर्दा हरेक ९० देखि एक सय वर्षको अवधिमा यस्तो समय आउने गरेको ज्योतिषीय गणनाले पुष्टि गरेको छ । यसवर्ष माघ २७ गतेबाट शनिको राशि परिवर्तन भएका छ । शनिको राशि परिवर्तनपछि दुई वर्ष ६ महिना शनिले कुम्भ राशिमा गोचर गर्नेछन् ।
शनिले मीन राशिको गोचर पूरा गर्न अझै ५ वर्ष लाग्नेछ । देशले अझै ५ वर्ष आर्थिक मन्दीको सामना गर्नुपर्ने ग्रहयोगले देखाएको छ ।
–लेखक सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद् हुन्।)
प्रतिक्रिया